नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाण्डाैमा

 असार ११, २०७९ शनिबार १८:३३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : भारतीय दूतावासकाे ट्वीटबाट

काठमाण्डाै – नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाण्डौ आइपुग्नुभएको छ । 

शनिवार अपरान्ह काठमाण्डौ ओर्लनु भएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपाल स्थित भारतीय दूतावासले बताएको छ । काठमाण्डौमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसक्नु भएको बताइएको छ । साथै वहाँले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको पनि अनुभव छ । राजदूत श्रीवास्तवले राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक जिम्मेवारी सम्हाल्नु हुने बताइएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया