काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - गोंगबुमा रहेकाे ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार सम्पन्न फाइनलमा एपीएफले गण्डकी प्रदेशको टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
गण्डकीविरुद्ध सहज जित निकाल्ने क्रममा एपीएफले २५–१९, २५–१६ र २५–१७ को सेटमा जित हात पारेको थियो ।
अन्य दुई विभागीय टोलीले सहभागिता नजनाएको प्रतियोगितामा एपीएफ एक्लो दाबेदारको रुपमा रहेको थियो र फाइनलमा उसले त्यही अनुसारको खेल प्रदर्शन गरेको थियो ।
शनिबारै तेस्रो स्थानका लागि भएको खेलमा आयोजक ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको टोलीलाई गीताञ्जली कलेजले पराजित गरेको छ । गीताञ्जलीले २५–२२, ३०–२८ र २५–१५ को कठिन सेटमा आयोजक टोलीलाई पराजित गरेको हो ।
उपाधिसँगै एपीएफले १ लाख नगद पुरस्कार पाएको छ भने उपविजेता गण्डकीले ६० हजार र तेस्रो भएको गीताञ्जलीले ३५ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ ।
प्रतियोगिताको बिधातर्फ एपीएफका खेलाडीको बर्चस्व रह्यो । उत्कृष्ट खेलाडीसहित पाँच बिधामा एपीएफका खेलाडीहरु उत्कृष्ट रहे ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी महेन्द्र श्रेष्ठ चुनिए भने उत्कृष्ट सेटर एपीएफकै दिनेश गिरी, उत्कृष्ट स्पाइकर एपीएफका टेकराज अवस्थी, उत्कृष्ट क्वीकर र प्रशिक्षकमा एपीएफकै क्रमश: बलीराम चौधरी र ज्ञानेन्द्र बिष्ट चुनिए ।
यस्तै उत्कृष्ट सर्भर गीताञ्जलीका दौलत सिंह, उत्कृष्ट डिफेन्स गण्डकीका राजन दर्लामी मगर र उत्कृष्ट ब्लकर गण्डकीकै हरि पाण्डे चुनिए । प्रतियोगिताकै उत्कृष्ट खेलाडी महेन्द्रले मोटरसाइकल पुरस्कार पाए भने बिधागततर्फ उत्कृष्ट सबैले जनही पाँच हजार पुरस्कार पाए ।
विजेता टोली तथा खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदकी सदस्य यानकुमारी गुरुङ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्द, नेपाल बिद्यालय भलिबल कमिसनका नवनिर्वाचित अध्यक्ष रामबहादुर केसी, ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष मनवीर छन्त्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।
एक सातासम्म चलेको प्रतियोगितामा देशभरका १६ टोलीले सहभागिता जनाएका थिए । जसलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।