मेरो मागलाई मन्त्रिपरिषद्ले पनि चासो दिएन : मन्त्री आले

 असार १२, २०७९ आइतबार १६:१८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बजेट बढाउने आफ्नो मागलाई मन्त्रिपरिषद्ले समेत चासो नदिएको गुनासो गर्नुभएको छ । 

आज आइतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री आलेले पर्यटन मन्त्रालयको समस्या समाधान गर्न र पर्यटनसम्बन्धी विकासका कार्यक्रम अघि सार्न बजेटको माग गर्दा नदिएको गुनासो गर्नुभयो । उहाँले बारम्बार मन्त्रिपरिषद्को बैठक र अर्थ मन्त्रीलाई पर्यटन मन्त्रालयको बजेट बढाउन आग्रह गर्दा आफ्नो सल्लाह सुनुवाइ नभएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘कतै बजेट दोहोरोपन भएको, बजेट छुट्न गएका क्षेत्र लगायत कार्यक्रमसमेत संशोधन गर्न सकिनेछ । तर मेरो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिलिङ विगतभन्दा झन्डै साढे १० अर्ब रुपैयाँले घट्न गएको हुनाले बारम्बार अर्थ मन्त्रीलाई भेटेर, क्याबिनेटको मिटिङमा कुरा राख्दा पनि सुनुवाइ भएन ।’

मन्त्री आलेले यदि माग गरेजति बजेट प्राप्त भएको भए नेपालमा आउँदो आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउन सहजै सम्भव रहेको पनि स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया