‘मासिक २० युनिटसम्म खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क बिजुली सेवा पाएका छन्’

 असार १३, २०७९ सोमबार १४:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीका लागि बिजुली सेवा पुग्ने बताउनुभएको छ । 

आज सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय बिजुली सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन गरिने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘आउँदो दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन गरिनेछ । मैले मन्त्रालय सम्हालेपछि मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत् सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको छु । देशभरका झन्डै ५२ लाख ग्राहकमध्ये झन्डै २६ लाख ग्राहकले यो सुविधा पाएका छन् । सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रतियुनिट दुई रुपैयाँसम्म महसुल कायम गरिएको छ भने विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न गार्हस्थ्य वर्गको विद्युत् महसुल कम गरिएको छ । साथै खानेपानी र सिँचाइमा डिमान्ड शुल्क हटाइएको छ । खानेपानीतर्फ इनर्जी शुल्क झन्डै ५० प्रतिशतले घटाइएको छ । धेरैजासो वस्तु तथा सेवाको मूल्यवृद्धि भइरहेको अवस्थामा विद्युतको क्षेत्रमा विगत दुई वर्षमा दुई पटक गरी २० प्रतिशत विद्युत् महसुल घटाइएको छ ।’

मन्त्री भुसालले आउँदो आर्थिक वर्षदेखि हरेक वर्ष झन्डै सात सयदेखि एक हजार मेगावाट बिजुली नेपालको विद्युत् प्रणालीमा थपिँदै जाने बताउनुभयो । यसरी विद्युत् थपिँदा आउँदा दुई वर्षका सुकखायाममा समेत नेपालको बिजुलीले नै आन्तरिक माग धान्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया