खराब माैसमका कारण आन्तरिक उडान प्रभावित

 असार १४, २०७९ मंगलबार ९:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – मौसम खराब हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । अहिले विराटनगर, सुर्खेत, पोखरा र लुक्लामा उडान हुन सकेको छैन ।  

मौसम केही खुलेसँगै भैरहवामा भने  उडानको तयारी भएको छ । विराटनगर, सुर्खेत, पोखरा र लुक्लाबाहेकका अन्य विमानस्थलमा उडान थालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । यस्तै, अन्तर्राष्ट्रिय यडान पनि भइरहेका छन् ।

आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार यो समयमा सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया