अनलाइन जुवा खेल्ने १२ जना पक्राउ

 असार १४, २०७९ मंगलबार १८:५१:२८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकामा अनलाइन जुवा खेल्ने १२ जना पक्राउ परेका छन् । अनलाइन जुवा खेल्ने १२ जनालाई मकवानपुर प्रहरीको स्ट्रिङ अप्रेशन गरेर आज मङ्गलवार पक्राउ गरेको हो ।

हेटौँडा ४ कमलडाँडामा रुकमणि न्यौपानेको घरको तेस्रो र चौथो तला भाडामा लिइ कुलदीप पाठकले सूर्यप्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेड नामक कम्पनी सञ्चालन गरेर अनलाइन जुवा खेलाउँदै गर्दा उनीसहित अन्य ११ जना पक्राउ परेका हुन् । 

प्रहरीले पाठकसँगै हेटौँडा ९ लामसुरेका २३ वर्षीय निसान आचार्य, हेटौँडा ४ कमलडाँडाकै २४ वर्षीय राजीव गौतम, हेटौँडा १४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौँडा १२ पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी ४ मसिनेका २० वर्षीय जोसिल खत्रीलाई पक्राउ गरेको हो । यस्त गोरखा पालुङटार ७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, अमोश तामाङ र बारा निजगढ ४ का २० वर्षीय अर्पण खड्कालाई पनि पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । 

उनीहरूको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका एक सय १० थान मोबाइल, तीन थान ल्याप्टप, पाँच थान कम्युटर र नगद एक लाख ४५ हजार ७५ रुपैयाँ बरामद भएको छ । पक्राउ परेकामाथि म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

यसरी मकवानपुर प्रहरीलाई अनलाइनमार्फत हार–जित हुने गरी जुवा खेल्ने गिरोह नै पक्राउ गरेको पछिल्लो केही वर्षयताकै ठूलो सफलता हो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया