कर्णाली प्रदेशका ९ जिल्लामा आज सार्वजनिक बिदा

 असार १५, २०७९ बुधबार ७:३४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सरकारको गएको चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिनुभयो । आज देशभर राष्ट्रिय धान दिवस मनाइँदैछ । 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया