काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
एएफसी यु –१६ महिला फुटबलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । विजेता बन्दै अर्को चरणमा छनोट हुने दुवै टिमको सम्भावना सकिएकाले आइतबारको खेलमा जित हात पार्दै दुवै टिम सान्त्वना जितको खोजिमा हुनेछन् ।
नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको थियो भने दोस्रो खेलमा म्यानमारसँग ११–१ गोल अन्तरले स्तब्ध भएको थियो । मलेसिया पनि पहिलो खेलमा म्यानमारसँग ३–० र फिलिपिन्ससँग १–० ले पराजित हुँदै छनोटको होडबाट बाहिरिसकेको छ ।
नेपाल र मलेसियाबीचको खेल हलचोक मैदानमा अपरान्ह साढे ३ बजे हुने छ । त्यसघि यही मैदानमा साढे ११ बजे फिलिपिन्स र म्यानमार भिड्ने छन् । जारी प्रतियोगितामा दुवै टिमले लगातार जित हात पारेकाले आजको विजेताले अर्को वर्ष थाईल्याण्डमा हुने यु १६ च्याम्पिनयसिपमा स्थान बनाउने छ । बराबरी हुँदा गोल अन्तरका आधारमा म्यानमारलाई फाइदा पुग्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।