भारतमा आजदेखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध

 असार १७, २०७९ शुक्रबार १२:४१:७ | एजेन्सी
unn.prixa.net

भारतले आजदेखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ ।

एक चोटी मात्रै प्रयोग गरिने र त्यसपछि फेरि प्रयोग नगरि फालिने प्लास्टिकका १९ सामानमा भारतले प्रतिबन्ध लगाएको हो ।

भारतको पर्यावरण मन्त्रालयले प्रतिबन्ध लागेका प्लास्टिकका सामानको सूची सार्वजनिक गरेको छ ।

७५ माइक्रोन भन्दा तलका प्लास्टिकका झोला, प्लास्टिक राखिएका कान कोट्याउने इअरबड, प्लास्टिकका झन्डा, क्यान्डी तथा आइसक्रिम स्टिक, प्लास्टिकका गिलास, कप, प्लेट, काँटा, चम्चा, चक्कु लगायतमा प्रतिबन्ध लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्ता खालका प्लास्टिकका सामग्रीको प्रयोग गरेको पाइए कारबाही हुने पनि खबरमा उल्लेख छ ।

यो नियम भारतभर लागू हुनेछ । यस्ता सामग्रीको उत्पादन, बिक्री वितरण र प्रयोगमा बन्देज लगाउन तथा सुक्ष्म निगरानी राख्न भनिएको छ । भारतीय केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार भारतमा हरेक वर्ष साढे २ लाख टन यस्ता प्लास्टिक उत्पादन हुन्छ भने प्रतिदिन २६ हजार टन प्लास्टिकजन्य फोहर जम्मा हुन्छ ।

त्यस्तो फोहर आधाभन्दा बढी नदीमा फ्याँक्ने गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया