एमालेकाे बहिष्कारका बीच राष्ट्रिय सभा बैठकबाट ३ वटा विधेयक पारित

 असार १७, २०७९ शुक्रबार १३:१७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको बहिष्कारका बीच राष्ट्रिय सभा बैठकबाट आउँदाे वर्षकाे बजेटसँग सम्बन्धित तीन वटा विधेयक पारित भएको छ । 

राष्ट्रिय सभाको आज शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो । 

त्यस्तै मन्त्री खापुङले नै पेस गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गर्नुभएको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

राष्ट्रिय सभाको आउँदो बैठक असार २० गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया