रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ । गुम्थाङ, धाप, नकोटेलगायत धेरै ठाउँमा भारी वर्षाकाे मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो बेलुकाभन्दा १ दशमलव ५ मिटरले बढेको छ । त्यहाँ बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी तथा कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
पूर्वका झापा, इलाम, भोजपुरसहित केही जिल्लामा पनि ठूलो पानी परेको छ । केही ठाउँमा ठूलो पानी परेको भए पनि देशका मुख्य नदीमा आउँदाे तीन दिनसम्म जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । आज तराई क्षेत्रका केही ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।