नेकपा एसले वाग्मतीमा सरकारको नेतृत्व नछोड्ने, प्रदेश स्तरमा भएको लिखित निर्णय नमान्ने

 असार १८, २०७९ शनिबार १८:४६:१६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशमा सरकारको नेतृत्व तत्काल नछोड्ने भएको छ । वाग्मती प्रदेशका तीन जना नेताहरुले गरेको लिखित सहमति प्रदेश स्तरबाट कार्यान्वयन नगरिने भएको हो । सत्ता गठबन्धनमा रहेका केन्द्रका नेताहरुको गठबन्धनको बैठकले मात्र वाग्मती प्रदेशमा मुख्यमन्त्री फेर्न सक्ने एकीकृत समाजवादी वाग्मतीकी सचेतक मुनु सिग्दलले बताउनुभयो ।

प्रदेश सरकार परिवर्तनको कुरा केन्द्रका नेताहरुको गठबन्धनको बैठकबाट मात्र गर्न सकिने भएकाले प्रदेश स्तरमा भएको निर्णयको कुनै अर्थ नै नभएको सिग्देलले बताउनुभयो । आज काठमाण्डौस्थित पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको बैठकपछि यस्तो निर्णय भएको उहाँले बताउनुभयो । बैठकमा तत्काल सरकारको नेतृत्व नछाड्ने गरी कुरा अघि बढेको अर्का एक सांसदले बताए ।

पहिले प्रदेश सरकारमा गठबन्धनले पालै पालो नेतृत्व गर्ने भनिएको थियो । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, आर्थिक मामिला मन्त्री तथा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल र नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सँगको लिखित सहमति अनुसार आलो पालो गर्ने भनिएको थियो । तर, यो सहमति अब भने कार्यान्वयन नगर्ने र केन्द्रमा गठबन्धनको बैठकको निर्णय अनुसार मात्र कार्यान्वयन गरिने भएको हो ।

नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेश सरकारमा आधा–आधा कार्यकाल सञ्चालन गर्ने सहमति पालना नगर्ने भएको छ । एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलको बैठकले सरकार नछाड्ने निर्णय लिएसँगै कांग्रेससँगको सहमति पालना नहुने भएको हो ।

‘यो विषय टुंगो लगाउन गठबन्धनका शीर्ष नेतृत्वलाई जिम्मा दिइएको छ’ सिग्दलले भन्नुभयो । वाग्मतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारको आधा–आधा कार्यकाल नेतृत्व गर्नेगरी नेपाली कांग्रेससँग गत कात्तिक पहिलो हप्ता सरकारमा जानुअघि सहमति गर्नु भएको थियो । कांग्रेसले सहमति कार्यान्वयनका निम्ति निरन्तर दबाब सिर्जना गरिरहेको छ । कांग्रेसको साथमा नेकपा माओवादी केन्द्र पनि छ ।

मुख्यमन्त्री पाण्डेलाई यस प्रदेशको मुख्यमन्त्री हटाउँदा समाजवादीलाई अर्को कुनै प्रदेशमा मुख्यमन्त्री दिनुपर्ने हुन्छ । वाग्मती प्रदेशमा मुख्यमन्त्रीसँगै सरकार नै परिवर्तन हुने हुँदा अरु प्रदेशमा पनि सरकारको नेतृत्व परिवर्तन हुने देखिन्छ । समाजवादीले वाग्मतीमा छोड्नुपर्दा कांग्रेसले अरु प्रदेशमा छोड्नुपर्ने हुँदा मुख्यमन्त्री परिवर्तन भइहाल्ने अवस्था भने छैन ।

पाण्डेको सरकारका विरुद्धमा काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले गरेको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने भने पनि तत्काल त्यो हस्ताक्षर बुझाइ नहाल्ने र सहमतिबाट मात्र मुख्यमन्त्री परिवर्तन हुने माओवादीका सांसदहरु बताउँछन् ।

वाग्मती प्रदेशसभामा कुल १ सय ७ जना सांसद छन् । सरकार निर्माण गर्न कम्तीमा ५४ जना सांसद हुनुपर्दछ । प्रदेशसभामा माओवादी २३, नेपाली काँग्रेस २२, एकीकृत समाजवादी १३ र जसपाको एकसहित ५९ सांसद छन् । प्रमुख प्रतिपक्षी एमालेसँग ४१, विवेकशील दलसँग ३, राप्रपा र नेमकिपाका २/२ जना सांसद छन् ।
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया