ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रूपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलो मात्रामा रकम खर्च गरेको पाइएको छ ।
देशभित्र विदेशी मुद्राको सञ्चिति घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसददेखि नागरिकस्तरमा पनि यसबारेमा नियमित चर्चा भइरहेको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिति घटेको देखाइन्छ । तर राम्रो देखिनका लागि आयात गरिएको सौन्दर्यका सामग्रीको मात्रा हरेक महिना वृद्धि भएको पाइएको छ ।
ती सामानको आयातमा मात्रै अर्बाैँ रुपैयाँ विदेशिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ओठको शृङ्गारका सामग्रीको आयातमा मात्रै ३० करोड ८३ लाख ५१ हजार रुपैयाँ बाहिरिएको छ ।
विशेषगरी महिलाले प्रयोग गर्ने 'लिपस्टिक' लगायतका सामग्रीको आयातमा याे परिमाणको रकम बाहिरिएको हो । स्वास्थ्यका दृष्टिले लिपस्टिकको प्रयोगलाई राम्रो मानिँदैन । चालु आवको जेठ मसान्तसम्म दुई लाख ३७ हजार चार सय २९ केजी बराबरको ओठ राम्रो बनाउने सौन्दर्यका सामग्री आयात भएको छ । ती सामग्रीको आयात गर्दा सरकारले ११ करोड ३७ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भारतबाट मात्रै १२ करोड ५९ लाख ५३ हजार मूल्य बराबरको झन्डै ४० हजार सात सय ६३ केजी लिपस्टिकलगायतका सामग्री आयात भएको छ ।
त्यस्तै चीनबाट एक लाख ९० हजार ६ सय ८७ केजी बराबरको सामग्री ११ करोड ६० लाख ४८ हजार रुपैयाँमा आयात भएको छ ।
यस्तै आँखाको शृङ्गारमा प्रयोग हुने सामानको आयातका लागि समेत निकै रकम खर्च भएको छ । ती सामानको आयातका लागि २२ करोड रुपैयाँभन्दा बढी रकम विदेशिएको छ । चालु आवको ११ महिनामा ९६ हजार ५३ केजी बराबरको त्यस्ता वस्तु आयात भएका छन् । जसका लागि २२ करोड ८१ लाख ९७ हजार रुपैयाँ बाहिरिएको छ । यसबाट सरकारले आठ करोड ६४ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आँखा सजावटका सामान भारतबाट मात्रै १० करोड ५६ लाख २६ हजार रुपैयाँ बराबरको ६ हजार ६ सय २९ केजी परिमाणमा आयात भएको छ ।
त्यस्तै चीनबाट ६ करोड ९९ लाख २७ हजार रुपैयाँमा ७८ हजार तीन सय ५३ केजी आयात भएका छन् । त्यस्ता वस्तु इटाली, कोरिया, लक्जम्बर्ग, अमेरिका, पोल्यान्डलगायत देशबाट आयात हुने गरेको विभागले सार्वजनिक गरेको विवरणमा छ ।
त्यस्तै मेकअपका अर्काे सामानका रूपमा रहेको क्रिम पाउडरको आयातमा समेत करोडौँ रुपैयाँ खर्च हुने गरेको छ । विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा ९३ करोड ४९ लाख ९६ हजार रुपैयाँका क्रिम पाउडर आयात भएको छ जसबाट सरकारले ३५ करोड २९ लाख ८० हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।
यस अवधिमा विभिन्न देशबाट चार लाख १७ हजार दुई केजी पाउडर खरिदका लागि २८ करोड ६६ लाख ४२ हजार रुपैयाँ विदेशिएको छ । यो अवधिमा अनुहारमा लगाउने क्रिममात्रै ६४ करोड ८३ लाख ५५ हजार रुपैयाँमा दुई लाख ६२ हजार सात २५ केजी नेपालमा भित्रिएको छ ।
विभागका अनुसार यस अवधिमा २४ हजार चार सय १८ लिटर नङमा लगाउने 'नेलपोलिस' आयात भएको छ । एघार महिनामा नेपालीले पाँच करोड नौ लाख २३ हजार रुपैयाँ खर्च गरेर नेलपोलिस आयात गरेका छन् । मुख्यगरी त्यस्ता पोलिस चीन, भारत, कोरिया, क्यानडालगायतका देशबाट आयात हुने गरेको पाइएको छ । यस अवधिमा चीनबाट दुई करोड ५८ लाख ४१ हजार र भारतबाट दुई करोड ३९ लाख १८ हजार रुपैयाँ बराबरको नेलपोलिस आयात भएको छ ।
४३ करोडभन्दा बढीको बडीलोसन
विभागको विवरणअनुसार जेठ मसान्तसम्म ४३ करोड ५७ लाख ५२ हजार रुपैयाँमा पाँच लाख सात हजार पाँच सय ८८ केजी लोसन आयात भएको छ । त्यसबाट सरकारले १६ करोड ३३ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
भारतबाट मात्रै ३१ करोड ४२ लाख ६८ हजार रुपैयाँमा दुई लाख ८४ हजार दुई सय दुई केजी बराबरको लोसन आयात भएको छ । त्यस्तै थाइल्यान्डबाट पाँच करोड ७६ लाख ४५ हजार, इन्डोनेसियाबाट दुई करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरका लोसन आयात भएका छन् ।
महिलाले प्रयोग गर्ने सिन्दुरका आयातमा समेत लाखौँ रुपैयाँ खर्च हुने गरेको छ । एघार महिनामा ९८ लाख १५ हजार रुपैयाँ बराबरको ४५ हजार आठ सय सात केजी सिन्दुर आयात भएको छ । सिन्दुर मुख्यगरी भारतबाट आयात हुने गरेको छ । विभागका अनुसार भारतबाट ९७ लाख ९२ हजार रुपैयाँ बराबरको सिन्दुर आयात भएको छ । त्यस्तै शृङ्गारका अन्य समानको आयातमा दुई अर्ब ८९ करोड रुपैयाँभन्दा बढी रकम विदेशिएको छ ।
श्याम्पु आयातमा एक अर्ब विदेशियो
हामीले नुहाउँदा प्रयोग गर्ने श्याम्पु आयातमा अर्बाैँ रुपैयाँ विदेशिने गरेको विवरण सार्वजनिक भएको छ । चालु आवको ११ महिनामा एक अर्ब आठ करोड १० लाख ५४ हजार रुपैयाँ श्याम्पु आयातमा खर्च भएको छ । झन्डै ५७ लाख ८० हजार लिटर श्याम्पु आयातमा याे रकम विदेशिएको हो । श्याम्पुकाे आयातबाट सरकारले भने ४६ करोड ४७ लाख ९० हजार रुपैयाँ राजस्व जम्मा गरेको छ ।
यसैबीच कपाल रङ्गाउनकै लागि प्रयोग हुने सामग्रीको आयातमा ५० करोड ५१ लाख २९ हजार रुपैयाँ रकम देशबाहिर गएको छ । एघार महिनामा सात लाख ५८ हजार सात सय २६ केजी यस्ता रङ आयात भएको छ भने कपालमा लगाउने क्रिमका लागि ६ करोड १७ लाख ६६ हजार रुपैयाँ बराबरको रकम बाहिरिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।