माओवादी केन्द्रीय समिति बैठक स्थगित

 असार २१, २०७९ मंगलबार १०:३३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । बिहान ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठक भोलि दिउँसो १ गते बस्नेछ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिने तयारी थियो ।  हिजो र अस्तिको बैठकमा नेताहरुले पालिका चुनावसम्बन्धी समीक्षा र पार्टी निर्माणबारे प्रश्न गरेका थिए ।

उनीहरुले केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठन गर्नुपर्ने माग राखेका छन् । यसपटक पनि पदाधिकारी चयनको विषय ओझेलमा पर्ने सम्भावना बढेको भन्दै नेताहरुले पदाधिकारी टुङ्ग्याउनु पर्नेमा जोड दिएका हुन् ।

यस्तै, पालिका चुनावमा कांग्रेस इमानदार नभएको भन्दै कांग्रेस वा गठबन्धनको बलमा शक्ति आर्जन गर्नुभन्दा पार्टीलाई बलियो बनाउनुपर्नेमा उनीहरुको जोड छ । पार्टीलाई बलियो बनाउनका लागि केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने उनीहरुको भनाइ छ ।

प्रचण्डले अस्ति पेस गरेको राजनीतिक प्रतिवेदनमा पनि पालिका चुनावमा कांग्रेस इमानदार र गम्भीर नभएको उल्लेख छ भने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पाँच दलबाहिर पनि गठबन्धन या तालमेल गर्न सकिने भनिएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया