बीगमार्टमा स्मार्ट क्यूआरमार्फत स्क्यान गर्दा अब २ हजार ५ सय रुपैयाँसम्मको छुट पाइने

 असार २१, २०७९ मंगलबार १३:४५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - आईएमई ग्रुपद्वारा सञ्चालित “आईएमई डिजिटल सोलुसन लिमिटेड” द्वारा प्रवर्द्धित आईएमई पे र एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आईएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट अर्थात अधिकतम ३ सय रुपैयाँसम्म पाइने भएकाे छ । 

यस योजनाका लागि आईएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । कम्पनीले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।

साझेदारी अवधिभर प्रत्येक प्रयोगकर्ताले १५ प्रतिशत अर्थात अधिकतम ३ सय रुपैयाँसम्म प्राप्त गर्न सक्ने र त्यही अवधिभर प्रत्येक लेनदेनमा प्रयोगकर्ताले २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्ने कम्पनीले जनाएकाे छ । 
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया