नागरिकता विधेयक : आजै अर्को विधेयक दर्ता गराउने तयारी

 असार २२, २०७९ बुधबार ७:१०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – सरकारले आजको प्रतिनिधिसभाको बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने निर्णय गरेपछि आजको प्रतिनिधि सभामा विधेयक दर्ता गराउने तयारी भएको हो ।

प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दैछ । विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गर्नु पर्ने भएकाले आजको बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । प्रतिनिधिसभा चुनावको मिति घोषणा हुने बेला सरकारले विधेयक फिर्ता लिन लागेको हो । सरकारले नयाँ विधेयक ल्याए पनि दफावार छलफलका लागि समितिमा पठाउनुपर्ने हुन सक्छ । समितिमा सहमति जुटेन भने फेरि पारित गर्न ढिलाइ हुन सक्छ ।

प्रतिनिधिसभाको यो कार्यकालमा पनि विधेयक पारित नभए जन्मसिद्ध नागरिकता भएका बुवाआमाका सन्तानले नागरिकता पाउन प्रतिनिधिसभाको अर्को कार्यकाल कुर्नुपर्ने हुन्छ । संसदमा भएको विधेयकलाई नियमित प्रक्रियामा लाँदा प्रतिनिधिसभाको यस कार्यकालभित्रै टुंगोमा पुग्न नसक्ने देखिएकाले फास्ट ट्र्याकबाट अघि बढ्न फिर्ताको निर्णय लिनुपरेको एक मन्त्रीले बताएका छन्  ।

प्रतिनिधि सभामा चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने निर्णय गरेको हो । नागरिकतासम्बन्धी विधेयक संसदमा २०७५ साउन ४ गते दर्ता गरिएको थियो । यो विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले २०७७ साल असार ७ गते बहुमतले पारित गरेको थियो ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Partho Sarkar

    July 7, 2022, 6:23 a.m.

    Great news

  •  0 Reply

तपाईको प्रतिक्रिया