अर्थ मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हाल्ने

 असार २२, २०७९ बुधबार २०:१३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्नु हुने भएकाे छ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै सम्हाल्नु हुने भएकाे हाे । 

आज बुधवार शर्मामाथि छानबिन गर्न संसदले ११ सदस्यीय समिति गठन गरेपछि उहाँले प्रतिनिधि सभा बैठकमा सम्बाेधन गर्दै राजीनामा दिनुभएकाे हाे । 

शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ७७ काे उपधारा (२) अनुसार देउवालाई अर्थ मन्त्रालयकाे जिम्मेवारी ताेक्नुभएकाे हाे ।

शर्मा नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री बन्नुभएकाे थियाे । शर्मामाथि छानबिन सकिएपछि मात्र नयाँ मन्त्री पठाउने माओवादीकाे तयारी छ ।

आज संसद् भवनबाहिर सञ्चारकर्मीसँग बाेल्दै माओवादी नेता वर्षमान पुनले तत्कालै कुनै पनि नेतालाई अर्थमन्त्रीमा नपठाइने बताउनुभएकाे थियाे । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया