एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सबै पक्ष चनाखो रहनुपर्ने बताउनुभएको छ ।
सेनाले गरेको नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु विषयक दुई दिने सेमिनारको हिजो समापन गर्दै प्रधानसेनापति शर्माले सीमा क्षेत्रमा चुनौती बढ्दै गएकाले सबैले चनाखो भएर काम गर्नुपर्ने बताउनुभएको हो ।
सम्बोधनकै क्रममा प्रधान सेनापति शर्माले समस्या जस्तोसुकै विकराल र जटिल भए तापनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ बनाउन सीमा क्षेत्रमा हुने अवान्छनीय गतिविधिको निगरानी तथा नियन्त्रणमा कुनै कमी कमजोरी हुन नदिने बताउनुभयो ।
सीमा क्षेत्रमा सम्बद्ध सबै सरकारी निकायहरुबीच निरन्तर समन्वय र सहकार्य अपरिहार्य रहेको समेत प्रधानसेनापति शर्माको भनाइ छ । कार्यक्रममा रक्षा सचिव किरणराज शर्माले आउँदा दिनहरुमा सीमा सुरक्षालाई प्रविधिमैत्री र आधुनिक भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने नीति अन्तर्गत आवश्यक कदमहरु अघि सारेको जानकारी दिनुभयो ।
सेमिनारमा, नेपाली सेनाका रथिहरु, विभिन्न मन्त्रालयका सह-सचिवहरु, सीमाविद् तथा अन्तर्राष्ट्रिय कानुनका अध्ययनकर्ता, नापी विभागका उप-महानिर्देशक, राष्ट्रिय सुरक्षा परिषद्का सहायक संयोजक, नेपाल प्रहरीका नायब महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लगायतको सहभागिता रहेको थियो ।
तस्बिर :सेना
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नबराज
July 8, 2022, 9:30 a.m.भासणमा त धेरै पल्ट येस्ता कुरा सुनेकै हो । सुस्ता , कालापानी , लिपुलेख आदि मा भारतिय एस एस बि बाट नेपाली जनता ले गोलि खाँदा समेत एक्सन लिन नसक्ने मेरो देस को सरकार र सेना नाम को मात्रै हो कामको कुरा गफै होला माहासाय !!! चाइना र भारत को सिमा दिनिकी सुरक्षा कर्मी ले पहरा दि रहदाँ नेपाली सेना के हेरेर बसेको छ । नेपाली धर्ती नेपाल आमा माथी बलात्कार हुँदा उ मात्र गफ गर्न तल्लिन छ। वा नेपाली सेना वा हामी स्वाभिमानी नेपाली ।