कसिलो मौद्रिक नीति बनाउने राष्ट्र बैंकको तयारी, निजी क्षेत्रद्वारा लचक नीतिको अपेक्षा

 असार २४, २०७९ शुक्रबार ११:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

विभिन्न सरकारी तथा निजी क्षेत्रका सङ्घ संस्थाको सुझाव लिएर अहिले मौद्रिक नीति निर्माणको अन्तिम चरणमा पुगेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले सकभर यसै महिनाको अन्तिममा नत्र साउनको पहिलो हप्ता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । राष्ट्र बैंकले आउँदो वर्षको मौद्रिक नीति कसिलो हुने सङ्केत दिइसकेको छ । ब्याजदर बढ्ने, आयातमा कडाइ, विदेशी मुद्राको सञ्चिति बढाउने, बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित लगायतका विषय मौद्रिक नीतिमा समेट्ने तयारी भइरहेको छ ।

यस्तै, बजेटले लिएको लक्ष्य अनुसार ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा मौद्रिक नीति केन्द्रित हुनेछ । राष्ट्र बैंकले कसिलो मौद्रिक नीति बनाउने तयारी गरिरहँदा निजी क्षेत्रले भने लचक मौद्रिक नीतिको अपेक्षा गरेको छ ।

आयातमा कडाइ गर्न नहुने, ब्याजदर बढाउन नहुने, तरलता अभाव हुन नदिने, निक्षेप कर्जाको अनुपात ९५ प्रतिशत पर्याएर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने,  शेयर कर्जामा रहेको ४ देखि १२ करोड रुपैयाँको सीमा हटाउनुपर्ने लगायतका माग निजी क्षेत्रको रहेको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालले उत्पादनमूलक क्षेत्रमा दिने कर्जाको ब्याजदर ४ प्रतिशतले कम गर्नुपर्ने, महिलाले आफ्नो नाममा २५ लाख रुपैयाँसम्म बैंकमा रकम जम्मा गर्दा स्रोत खुलाउनु नपर्ने, कच्चा पदार्थबाहेक कृषिजन्य वस्तु र सामग्रीको आयातमा रोक लगाउनुपर्ने लगायतका माग राखेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया