राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने २ जनालाई ७/७ वर्ष कैद सजाय

 असार २४, २०७९ शुक्रबार १५:४२:४० | मुना हमाल
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सुर्खेत – राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात–सात वर्ष कैद सजायकाे फैसला सुनाइएकाे छ । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका ९ बोटेचौरका चोमन घर्ती मगर र भूपेन्द्र बुढामगरलाई सात–सात वर्षको कैद सजाय सुनाएकाे हो । 

अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुवै जनालाई सात–सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिबाना तोकिएको छ ।  उनीहरू दुवै जनाले पीडित राहत कोषमा जनही आठ हजार रुपैयाँसमेत जम्मा गर्नुपर्नेछ ।

यसैगरी यौन दुर्व्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई तीन वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिबाना तोकिएको छ । उनले पीडित राहत कोषमा चार हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसलामा तोकिएको छ ।   

उनीहरूलाई २०७८ जेठ २३ गते पक्राउ गरिएको थियो । बोटेचौरमा रहेको मनबहादुर पुनको होटलमा राउटे दुई जना युवतीलाई लिएर घर्ती र बुढाले २०७८ जेठ २१ गते राति दुर्व्यवहार गरेका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया