उच्च अदालत तुलसीपुरकी न्यायाधीश शाह बर्खास्त

 असार २४, २०७९ शुक्रबार २०:३२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्याय परिषद्को बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरेकाे छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज शुक्रवार बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गरेकाे हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश शाहलाई योग्यता नपुगेका कारणले पदबाट बर्खास्त गरिएको हो । पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीईभीटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदबाट हटाइएको परिषद्ले जनाएको छ ।

बैठकले रिक्त जिल्ला न्यायाधीश नियुक्तिका लागि सात दिने सूचना प्रकाशित गर्ने निर्णयसमेत गरेको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bijaya raj wagle

    July 8, 2022, 8:56 p.m.

    उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्नु पूर्व सम्बन्धित उम्मेदवारको शैक्षिक याेग्यता, अनुभव लगायत अन्य ताेकिए बमोजिमका कागजातहरु र नागरिकताको प्रमाणपत्रहरु पेस गर्न र अध्ययन गर्न नपर्ने रहेछ कि के हो, साे काे जिम्मेवार व्यक्ति काे हुने रहेछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया