श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति भवन कब्जा गरेर उत्सव मनाए, राष्ट्रपति भागेर सुरक्षित स्थानमा

 असार २५, २०७९ शनिबार १४:४३:५४ | एजेन्सी
unn.prixa.net

राष्ट्रपति भवन कब्जा गरेपछि त्यहाँकाे पाैडी पाेखरीमा पाैडी खेल्दै प्रदर्शनकारी । तस्बिर: एनडीटीभी

श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवास कब्जा गरेका छन् । देशका विभिन्न स्थानबाट, बस, ट्रक, रेल र कार चढेर राजधानी कोलम्बो पुगेका हजारौँ प्रदर्शनकारीले राष्टपति निवास कब्जा गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

प्रदर्शनकारीले प्रहरीका अवरोध हटाउँदै राष्ट्रपति राजापाक्षेको निवास वरपर पुगेर ढुंगा तथा इट्टा प्रहार गरेका छन् । प्रदर्शनकारी राष्ट्रपति निवासमा पसेका र केहीले खुसीयाली मनाइरहेका दृष्य सार्वजनिक भएका छन् । केही प्रदर्शनकारीले राष्ट्रपति निवासको पौडी पोखरीमा पौडीको मज्जा पनि लिएका छन् । प्रदर्शनकारीले निवास घेर्न थालेपछि राष्ट्रपति राजापाक्षेलाई सेनाले सुरक्षित ठाउँमा लगेको खबरमा उल्लेख छ ।

आजको प्रदर्शन आर्थिक संकट सुरु भएयताकै ठूलो भएको खबरमा उल्लेख छ । प्रहरीले सयौँ राउण्ड अश्रुग्यास र हवाई फायर गरेको छ । उनिहरुले राष्ट्रपतिले पारिवारिक व्यक्तिलाई मात्रै मुख्य पदमा नियुक्ति गरेको र आफ्नो स्वार्थको लागि देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् २ करोड २० लाख जनसंख्या भएको श्रीलंका आर्थिक रुपमा टाटा पल्टिएको छ । औषधि, इन्धन, खाद्यान्न लगायतका वस्तुको चरम अभाव भएको छ । नागरिक भोकमरीमा पुगेका छन्, विद्यालयहरु बन्द हुने क्रम बढेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dhama Paudyal

    July 9, 2022, 4:20 p.m.

    हामिकाहा कहिल् त्यसै गर्ने त? ढिलो भो है। ढिलो नगरौ। गर्नु पर्ने काम समयमै गरेन भने त्यस्को रस काल ले (समयले) खाइदिन्छ अनि हाम्रो हात मा छोक्रा मात्र आउछ। " छिप्रम कृयमाण्स्य काल पिबति तद् रषम्" यस्तो निति ले भन्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया