श्रीलंकाका प्रधानमन्त्री राजीनामा दिने तयारीमा, सभामुखलाई अस्थायी राष्ट्रपति बनाउन विपक्षीको माग

 असार २५, २०७९ शनिबार १९:२५:१० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

राष्ट्रपति गोटावाया राजापाक्षेले निवास छाडेर भागेपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिँघेले पनि राजीनामा दिने तयारी गर्नुभएको छ । 

आज भएको सर्वदलीय बैठकमा उहाँले देशको समस्या समाधानको लागि आफूले राजीनामा दिएर संयुक्त सरकार बनाउन तयार रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । 

राष्ट्रपति राजापाक्षेको निवास प्रदर्शनकारीले कब्जा गरेपछि प्रधानमन्त्री विक्रमासिँघेले सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

बैठकमा विपक्षी समागी जन बालवेगया (एसजेबी)ले राष्ट्रपति र प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने, सभामुखले बढीमा ३० दिनसम्म अस्थायी राष्ट्रपतिको रुपमा काम गर्ने, सर्वदलीय सरकार गठन गर्ने र चाँडै चुनाव गराउने माग गरेका थिए । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया