इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांगेसको शेखर कोइराला पक्षले भोलि साेमवारदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।
आज आइतवार काठमाण्डाैकाे विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम, कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो । पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने विषयमा बैठकमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो ।
कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ । त्यसैगरी पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत् रूपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ । पालिका चुनावकाे समेत समीक्षा गरी आउँदाे प्रदेश सभा र सङ्घीय चुनावमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई बृहत् बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भोलिदेखि सुरु हुने केन्द्रिय समिति बैठकमा सरकारको समीक्षा हुन्छ । सरकारले ल्याएको बजेटले पारेको असरको बारेमा पनि कुरा हुन्छ । पार्टीलाई विधिवत् तरिकाले चलाउनेबारेमा पनि छलफल हुन्छ । कांग्रेसलाई कसरी बलियाे बनाउने, आउँदाे चुनावमा कांग्रेस कसरी जाने ? पार्टीलाई फाइदा पुग्ने गरी गठबन्धनलाई कसरी लैजानेबारे पनि छलफल हुन्छ ।’
बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरू सबैको पुनर्गठन गर्न र विभागहरूलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दबाब दिने निर्णय गरेको छ । बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रूपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ । पार्टीको विधानअनुसार विभागहरू समेत गठन गर्न नसकेको भन्दै याे पक्षले सभापति देउवाको सार्वजनिक रूपमै आलोचना गर्दै आएको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।