चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले एमाले, माओवादी र समाजवादीका शीर्ष नेतालाई भेट्दै

 असार २७, २०७९ सोमबार ६:३१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे, रासस

काठमाण्डाै - नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान चाओले आज एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

बिहान सुन्दरीजल क्षेत्रको भ्रमण गरेपछि उहाँसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एकीकृत समाजवादीका अध्यक्ष  माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट्ने कार्यक्रम तय भएको छ । लिउले भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । उहाँ पर्सि बुधवार बेइजिङ फर्कनु हुनेछ ।

हिजो काठमाण्डौ आएका उहाँले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेट्नुभएको थियो । भेटमा उहाँले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिनुभएको छ ।

नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको उहाँले बताउनुभएको छ ।   सीपीसीका विदेश विभाग प्रमुख लिउले आफ्नो भ्रमण नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न र सम्बन्ध बढाउनको लागि पनि भएको उल्लेख गर्नुभएको छ ।

नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि नेपाल भ्रमण गर्ने लिउ दोस्रो उच्च चिनियाँ अधिकारी हुनुहुन्छ । यसअघि गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्नुभएको थियो । नेपालको भूमि प्रयोग गरेर आफ्नो देशलक्षित कुनै पनि गतिविधि नहोस् भन्ने चीनको चाहना छ । 
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया