माधव नेपालले जीवनकै ठूलो गल्ती गरे : घनश्याम भूसाल

 असार २७, २०७९ सोमबार ८:५८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एमाले नेता घनश्याम भूसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधव नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको उल्लेख गर्नुभएको छ । ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्’ भुसालले लेख्नुभएको छ ।

४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको भूसालको आरोप छ । अर्को पार्टी बनाएर कम्युनिस्ट आन्दोलनको सेवा गर्छु भन्नुलाई पत्याउन नसकिने भुसालले बताउनुभएको छ ।

भुसालले लेख्नुभएको छ, ‘कमरेड माधव नेपालले अर्काे पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’ 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया