गृहमन्त्री खाण र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल

 असार २७, २०७९ सोमबार ११:३९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाण र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।  

भेटमा सरकारले ल्याउन लागेको नागरिकता ऐन संशोधन विधेयकका विषयमा छलफल भएको बुझिएको छ । यसअघिको संसदमा पेस भएको नागरिकता विधेयक फिर्ता लिएको सरकारले नयाँ विधेयक ल्याउँदैछ ।

नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गराउन गृहमन्त्री खाण र कानुनमन्त्री गोविन्द शर्मा कोइराला दौडधुपमा छन् ।

सरकारले प्रतिनिधि सभाको यही अधिवेशनमा यो विधेयक पारित गराउने तयारी गरेको छ । आउँदाे मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गराउनुपर्ने भएकाले चुनावको मिति घोषणाअघि नै विधेयक पारित गर्न सरकारले तयारी थालेको छ । बिहान प्रचण्डलाई भेट्न गृहमन्त्री खाण खुमलटार पुग्नु भएको थियो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया