७७ अङ्कले घटेर शेयर बजार राताम्मे, ६ वटाबाहेक सबै कम्पनीको शेयर ओरालो

 असार २७, २०७९ सोमबार १५:१२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज साेमवार ७७ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ७७ दशमलव शून्य एक अङ्कले घटेर एक हजार नाै सय १५ दशमलव ६१ विन्दुमा झरेको छ । 

सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा ६ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ । ६३ लाख १३ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ११ करोड रुपैयाँको शेयर किनबेच भयो । 

आज ग्रामीण विकास लघुवित्तको शेयर १० प्रतिशत तथा किसान लघुवित्त, हिमालयन पावर पार्टनर, माउन्टेन हाइड्रो नेपाल र ग्लोबल आईएमई समुन्नत स्किम कम्पनीको शेयर नाै प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया