सुदूरपश्चिम प्रदेश सरकारद्वारा बडघर प्रथालाई कानूनी मान्यता दि...
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – दुई दिनसम्म उच्च अङ्कले घटेको शेयर बजार आज मङ्गलवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६८ अङ्कले बढेर एक हजार नाै सय २७ दशमलव २८ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २६ वटा कम्पनीका ४९ लाख ६७ हजार कित्ता शेयर एक अर्ब ७० करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण काबेली हाइड्रोको सात करोड ९५ लाख तथा गुर्खाज फाइनान्स र शिवम् सिमेन्टको झन्डै साढे सात करोड रुपैयाँका दरले शेयर किनबेच भएको छ ।
आज सप्तकोशी विकास बैंकको शेयर झन्डै साढे नाै प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि नयाँ सारथी लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।