सुदूरपश्चिम प्रदेश सरकारद्वारा बडघर प्रथालाई कानूनी मान्यता दि...
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका दल र सरकार नसच्चिए श्रीलङ्काकै बाटोमा देश पुग्ने दाबी गर्नुभएकाे छ ।
आज मङ्गलवार काठमाण्डाैमा आयोजित केन्द्रीय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालमा पनि सरकार र राजनीतिक दलहरूमा आसेपासे र अहङ्कारी प्रवृत्तिको विकास भइरहेको उल्लेख गर्नुभयो । अध्यक्ष भट्टराईले राज्यसत्तामा गएकोले राज्यसत्ताको दुरुपयोग गरिरहेको उल्लेख गर्दै सत्तामा जाने भनेकै देश लुट्नका लागि भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘श्रीलङ्कामा राजपक्षे परिवारमा जे गरे पनि हुन्छ भन्ने अहङ्कार आएपछि देश कस्तो भयो ? उनीहरूले भ्रष्टाचार गरे । नेपालमा पनि त्यही अवस्था आउन सक्छ । आसेपासेलाई पदमा राखेर श्रीलङ्कामा कस्ताे अवस्था आयाे ? के नेपालमा पनि त्यही भइरहेकाे छैन ? यहाँ प्रत्येक पार्टीभित्र त्यही किसिमको आसेपासे राख्ने चलन बढिरहेकाे छ । नेपाल पनि त्यही गम्भीर सङ्कटमा छ ।’
अध्यक्ष भट्टराईले धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्यसत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने दुष्चक्रमा नेपाल फसेको दाबी गर्नुभयो । उहाँले नेपाल पनि श्रीलङ्काजस्तै गम्भीर सङ्कटमा रहेको उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।