उपसभामुखको चुनाव पर्सि ३१ गते

 असार २९, २०७९ बुधबार १२:७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभामा उपसभामुखको चुनाव पर्सि ३१ गते शुक्रवार हुने भएको छ । प्रतिनिधि सभा बैठकमा सभामुख  अग्निप्रसाद सापकोटाले उपसभामुखका लागि हुने चुनावको मिति तोक्नु भएको हो । 

२०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको छैन । नेकपा एमालेबाट उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको छ ।

सरकारले उपसभामुखको चुनाव गर्नुको साटो संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याएको भन्दै सत्तारूढ दलहरूबाटै विरोध भएको थियो । सांसदहरूले पटक–पटक उपसभामुखको चुनावी प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दा पनि सभामुख सापकोटाले निर्वाचन प्रक्रिया सुरु गर्नुभएको थिएन । 

असार ३० गते बिहीवार बिहान ११ बजेदेखि दिउँसाे १ बजेसम्म प्रतिनिधि सभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियाेस् भनी प्रस्तावकाे सूचना दर्ता गर्ने विज्ञप्तिमा उल्लेख छ । त्यही दिन साढे १ बजे दर्ता भएका उम्मेदवारीकाे सूचनाकाे दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने र र ३१ गते शुक्रवार दिउँसाे ३ बजे बैठकमा उपसभामुखमा निर्वाचित गरियाेस् भनी प्रस्ताव पेस गरिने भएकाे छ । 

यस्ताे छ कार्यसूची–

अन्तिम अपडेट: चैत २१, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया