साढे ५९ अङ्कले बढेर शेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार

 असार २९, २०७९ बुधबार १५:२०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो साढे ११ अङ्कले बढेको शेयर बजार आज पनि ५९ अङ्कभन्दा धेरैले उकालो लागेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव ५४ अङ्कले बढेर १ हजार ९ सय ८६ दशमलव ८२ बिन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । २ सय २५ वटा कम्पनीका ५७ लाख ८७ हजार कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ९ करोड रुपैयाँको शेयर किनबेच भयो ।

नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयर १० प्रतिशतले तथा सीईडीबी हाइड्रो विकास कम्पनी, कर्पोरेट विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, ग्रिन लाइफ हाइड्रो र लक्ष्मी लघुवित्तको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । 
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया