गोरखा बजारमा एक युवकको शव भेटियो

 असार ३०, २०७९ बिहिबार ११:२८:९ | किरण लोहनी
unn.prixa.net

गोरखा - गोरखा बजारमा एक युवक मृत भेटिएका छन् । गोरखा नगरपालिका–८ आलेगाउँका २४ वर्षका अनिश आलेमगर मृत भेटिएका हुन् ।

आज बिहान खोलखोलेबाट गोरखा नगरपालिकाको कार्यालय जाने सडकको नालीमा आलेको शव भेटिएको हो । उनको हत्या भएको हुनसक्ने एसपी केदार खनालले बताउनुभयो ।

शरीरको विभिन्न भागमा चोट पटक देखिएकाले हत्या गरिएको आशङ्का गरिएको र अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

सीसीटिभी फुटेज लगायतलाई आधार मानेर अनुसन्धान भइरहेकाे उहाँले बताउनु भयाे । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया