इरानलाई एक्ल्याउन अमेरिका र इजरायल सहमत

 असार ३०, २०७९ बिहिबार १६:३०:५० | एजेन्सी
unn.prixa.net

अमेरिकाका राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री यायर ल्यापिड आणविक हतियार विकासबाट इरानलाई एक्ल्याउन सहमत भएका छन् । इजरायल भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तामा त्यस्तो सहमति भएको हो । 

दुवै नेताले आज इरानको आणविक हतियारलाई अस्वीकार गर्ने संयुक्त प्रतिबद्धतामा हस्ताक्षर गर्ने भएका छन् । यसले तेहरानसँगको विश्वव्यापी कुटनीतिमा लामो समयदेखि चलिरहेको विवादलाई पनि अन्त्य गर्नेछ । बुधवार इजरायली टीभीसँगको कुराकानीमा पनि अमेरिकी राष्ट्रपतिले इरानविरुद्ध बल प्रयोगको ‘अन्तिम उपाय’ का निम्ति वाशिङ्टन खुला रहेको बताउनुभएकाे थियाे ।  

विश्व शक्तिराष्ट्रहरूले पनि इरानको वर्षाैँदेखिकाे परमाणु हतियार विकासको चाहनालाई साकार पार्ने वातावरण बनाउन नहुनेमा जोड दिएका छन् । उनीहरूले प्रतिरोधभन्दा समाधानको भावनाबाट प्रेरित भएर इरानको आणविक आकाङ्क्षालाई अस्वीकार गर्नुपर्ने अभिमत व्यक्त गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया