गठबन्धनकाे विकल्पबारे पनि कुरा उठेकाे छ : सहमहामन्त्री पाण्डे

 असार ३०, २०७९ बिहिबार १९:१५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रीय समिति बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको बताउनुभएको छ । 

आज बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहमहामन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रूपमा प्लान 'बी' मा पनि प्रवेश गर्नुपर्ने माग राखेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘आउँदा दिनमा कुन बाटो जाने भन्ने प्रश्नहरू छन्, यसको उत्तर पार्टीले दिन्छ ।  गठबन्धनलाई सकेसम्म निरन्तरता दिनेर गठबन्धन ताेडिएमा भने प्लान 'बी' मा पनि जानुपर्ने कुरा उठेकाे छ ।’

पार्टीको बारेमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ पदाधिकारीहरूले दिने र सबैको जवाफ दिन नसके सभापति शेरबहादुर देउवाले नै जवाफ दिने सहमहामन्त्री पाण्डेकाे भनाइ छ । उहाँले आउँदा दिनमा कांग्रेसले समात्ने बाटोको बारेमा पनि केन्द्रीय सदस्यहरूले कुरा राखेको जानकारी दिनुभयाे । 

सहमहामन्त्री पाण्डेले पार्टी कामकाजी बन्न नसकेकोले सबै पदाधिकारीले जिममेवार भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया