अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – भारतले गहुँ, चिनीलगायत केही वस्तुमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने कुरा नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले स्पष्ट पार्नुभएको छ । नेपाल उद्याेग वाणिज्य सङ्घले आफ्नाे सम्मानमा आयाेजना गरेकाे भेटवार्तामा राजदूत श्रीवास्तवले याे कुरा बताउनु भएको हो ।
राजदूत श्रीवास्तवको महासङ्घ सचिवालयमा अध्यक्ष शेखर गोल्छाले स्वागत गर्नुभएको थियो । स्वागत मन्तव्यका क्रममा अध्यक्ष गोल्छाले भारत सरकारका तर्फबाट केही अत्यावश्यक वस्तुको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताउनुभएको थियो ।
भारत सरकार भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा छ । तपाईँहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ, राजदूत श्रीवास्तवले भन्नुभयो, हामी दुवै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहन्छौँ ।
महासङ्घका अध्यक्ष गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्याबहरूको विस्तार, गैरभन्सार अवरोधहरूका विषयलाई बैठकमा उठाउनुभयाे । उहाँले नेपालको भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले त्यसलाई कम गर्ने काममा भारतीय सहयोग अपरिहार्य रहेको पनि बताउनुभयो । लामो समयदेखि मीरगन्ज पुल बन्न नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष गोल्छाले निर्माणका लागि आग्रह गर्नुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।