प्रचण्ड भारत जाँदै, सम्बन्ध विस्तारदेखि सत्ता गठबन्धनसम्मका विषयमा छलफलको तयारी

 असार ३१, २०७९ शुक्रबार ७:४८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।

भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जान लागेको भनिए पनि यो भ्रमण सत्ता गठबन्धनको निरन्तरतासँग समेत जोडिएको विश्लेषण गरिएको छ।

तीन दिने भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशङ्कर, विदेशसचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डनलगायतसँग भेटवार्ता गर्ने तयारी छ । सत्तारुढ दल नेपाली कांग्रेसकी नेतृ आरजु राणा पनि भारतमै रहेका बेला हुन लागेको प्रचण्डको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै प्रचण्ड भारत भ्रमणमा जान लागेकाले पनि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने झन्डै डेढ महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय क्वात्राले प्रचण्डलाई उपयुक्त समयमा भ्रमण गर्न निम्तो दिनुभएको दाबी गर्नु भएकाे छ। 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया