जापानको टोकियोमा 'उड्ने कार' को प्रदर्शन
जेठ ६, २०८१ आइतबार
दाङ - डिभिजन वन कार्यालय दाङले घरघरमै पुगेर नि:शुल्क बिरुवा वितरण सुरु गरेको छ ।
गाउँनगर बिरुवा वितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अनुसार नागरिकलाई घरमै बिरुवा दिन सुरु गरिएको हो।
बिरुवा लगाउन खोज्ने तर नर्सरीसम्म पुग्न झन्झट मान्नेहरुको सहजताका लागि घरघरमै बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
आज बिहानैदेखि दुई वटा गाडीमा माइकिङ गर्दै कर्मचारीसहित बिरुवा ढुवानी गरेका गाडीले घरमै बिरुवा पुर्याउने र रोप्न पनि सिकाउने उहाँले बताउनुभयो ।
दैनिक जीवनमा काम लाग्ने र लगाउन माग गरिरहेका प्रजातिका बिरुवा नि:शुल्क वितरण थालिएको कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभएको छ ।
अभियानका क्रममा टिमुर, दालचिनी, अमला, कल्की, कपुर, पारिजात लगायतका प्रजातिका बिरुवा वितरण भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।