मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड

 असार ३१, २०७९ शुक्रबार १३:५१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताउनुभएको छ ।

भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आफूले भारत भ्रमण गर्न लागेको बताउनुभएको हो ।

बाहिर आउँदा आकस्मिक जस्तो देखिए पनि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले नै यसअगाडि भारत भ्रमणको निम्तो दिनुभएको र अहिले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जान लागेको उहाँले बताउनुभयो ।

आफ्नो भ्रमण नेपाल–भारत सम्बन्धलाई अझ कसरी बलियो बनाउने भन्ने विषयमा केन्द्रित हुने पनि दाहालले दाबी गर्नुभयो । चिनियाँ नेताको भ्रमणलगत्तै आफ्नो भारत भ्रमण हुनु संयोग मात्र भएको प्रचण्डले बताउनुभयो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय सम्पर्क विभाग प्रमुख लिउ जियान्छाओ चार दिने नेपाल भ्रमण सकेर अस्ति बुधवार फर्कनुभएको थियो । आज भारत जानुभएका प्रचण्ड पर्सि साउन १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया