दैलेखकाे गुराँस गाउँपालिकाका कर्मचारीकाे आन्दोलनमा गोली चल्दा तीन जना घाइते

 असार ३२, २०७९ शनिबार ८:२३:१४ | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि कर्मचारीले आन्दोलन गरेका छन्।

कर्मचारीहरुको आन्दोलनमा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका छन्।

गुराँस गाउँपालिका वडा नम्बर–१ मा कार्यरत कार्यालय सहायक बखत खत्रीसहित ३ जना घाइते भएका हुन्।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले प्रहरीलाई ढुङ्गा हानेपछि गोली चलाउनुपरेको बताउनुभएको छ।

गुराँस गाउँपालिकाले सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, र बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गतेदेखि नवीकरण नहुने निर्णय गरेको थियो। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया