एआईजी विश्वराज पाेखरेलद्वारा राजीनामा

 साउन २, २०७९ सोमबार १६:४१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पाेखरेलले राजीनामा दिनुभएकाे छ ।

पाेखरेलले आज साेमवार दिउँसाे प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिनुभएकाे केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले उज्यालाेलाई जानकारी दिनुभयाे । पाेखरेलकाे राजीनामा स्वीकृत हुन बाँकी छ । 

२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेकाे थियाे । आफूभन्दा डेढ वर्ष कनिष्ठलाई महानिरीक्षकमा नियुक्त गरेकाे भन्दै वैशाख १९ गते पाेखरेल सरकारकाे निर्णय बदर गर्न माग गर्दै सर्वाेच्च अदालत पुग्नुभएकाे थियाे । पाेखरेलले दायर गर्नुभएकाे रिट सर्वाेच्चले असार ३१ मा खारेज गरेसँगै पाेखरेलसँग सिंहलाई आईजीपी स्वीकारेर काममा फर्किने कि राजीनामा दिने भन्ने विकल्प थियाे । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया