प्रतिनिधि सभाकाे कार्यकाल आउँदाे चुनावकाे मनाेनयन दर्ता गर्ने दिनसम्म : सभामुख

 साउन २, २०७९ सोमबार १९:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यकाल आउँदाे चुनावकाे मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताउनुभएको छ । 

आज सोमवार सिंहदरबारमा पत्रकारहरूसँग भेटघाट गर्दै सभामुख सापकोटाले वर्तमान प्रतिनिधि सभाको कार्यकाल आउँदाे प्रतिनिधि सभाको चुनावका लागि मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताउनुभएको हो । उहाँले आइतवार प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र आफूबीच छलफल चलेको भन्दै सबैको बुझाइ मनोनयन दर्ता गर्ने दिनसम्म रहन्छ भन्ने रहेको बताउनुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा छलफल गर्दै जाने र छलफलबाट आएको निष्कर्षअनुसार गर्ने भन्नुभएको सभामुख सापकोटाले जानकारी दिनुभयो । सभामुख सापकोटाले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा संविधानविद्हरूसँग छलफल गर्नु आवश्यक रहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया