श्रीलङ्कामा सङ्कटकाल लागू : नयाँ राष्ट्रपति चुन्ने प्रक्रिया सुरु

 साउन ३, २०७९ मंगलबार ८:५२:४८ | एजेन्सी
unn.prixa.net

श्रीलङ्कामा सङ्कटकाल लागू भएको छ ।

कार्यवाहक राष्ट्रपति रनिल बिक्रमासिङ्गेले हिजो श्रीलङ्कामा सङ्कटकालको घोषणा गर्नुभएको थियो । उहाँले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा अत्यावश्यकीय सेवा आपूर्तिका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको बताउनुभएको थियो । त्यहाँ नयाँ राष्ट्रपति चुन्न प्रक्रिया सुरु भएको छ ।

श्रीलङ्कामा भोलि नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ । आज उम्मेदवारी दर्ताको कार्यक्रम छ । पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षे श्रीलङ्काबाट भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुग्नुभएको छ । तर सिङ्गापुरको विदेश मन्त्रालयले उहाँलाई तत्कालका लागि मात्रै शरण दिएको तर राजनीतिक रुपमा शरण दिन नसकिने जनाएको छ ।

आर्थिक सङ्कटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्षेसहित परिवारले नै देश छाडेका हुन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया