कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

 साउन ३, २०७९ मंगलबार १२:२३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन आग्रह गरेको हो ।

सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही व्यक्ति खोप लगाउनबाट छुटेका पाइएकाले उनीहरुलाई खोप लगाउन आग्रह गरिएको हो ।

खोपले सङ्क्रमण भए पनि जटिल अवस्था निम्तन नदिने भएकाले खोपको महत्त्व बुझ्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आग्रह गर्नुभयो । 'कतिपयकाे बुझाइ खोप लगाएपछि पनि कोरोना सङ्क्रमण हुने रहेछ किन खोप  लगाउनु पर्याे भन्ने रहेको छ' अधिकारीले भन्नुभयो – 'खोपले सङ्क्रमण रोक्ने होइन । जटिल अवस्था हुनबाट र ज्यान जाने जोखिमबाट रोक्ने हो ।'

कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि जनस्वास्थ्यका मापदण्ड पालना नै एक मात्र उपाय भएको डाक्टर अधिकारीले बताउनुभयो । खोप लगाइसकेका र खोप लगाउन बाँकी रहेकाहरुले स्वास्थ्यको मापदण्ड पालना गरे सङ्क्रमण फैलिन नपाउने उहाँको भनाइ छ ।

घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुन वा स्यानिटाइजर लगाए सङ्क्रमणबाट बच्न सकिन्छ । कोरोनाका कारण पछिल्लो साढे २ महिनामा हिजो र अस्ति एक/एक जनाको ज्यान गएको छ । ज्यान गुमाएका दुवै जनाले खोप नलगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया