जाेरपाटीमा बाेरिङ खन्दा निस्कियाे मिथेन ग्यास

 साउन ३, २०७९ मंगलबार १४:५९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – काठमाण्डाैकाे जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहितको माटो र ग्यास निस्किएको हो ।  

बोरिङ खन्ने क्रममा तीन सय मिटर जति खनिसकेपछि एक्कासी विस्फोट भएर लेदोसहित ग्यास निस्किएको प्रहरीले जनाएको छ । बोरिङ खन्दा निस्केको ग्यास मिथेन भएको खानी तथा भूगर्भ विभागमा कार्यरत पृथ्वीलाल श्रेष्ठले जानकारी दिनुभयो । योभन्दा अगाडि पनि केही ठाउँमा यस्ता घटना भएकाले यो कुनै ठूलो घटना नभएको उहाँले बताउनुभयो ।  

लामो समयदेखि ग्यास भण्डारण भएर बसेको ठाउँमा खन्दा यस्तो निस्कने गरेको विभिन्न अध्ययनले देखाएका उहाँको भनाइ छ । जमिनभित्रै जम्मा भएर बसेको अवस्थामा मानिसले खन्दा एक्कासी विस्फोट भएको श्रेष्ठले बताउनुभयाे । 

आज मङ्गलवार बिहान ग्यास निस्किँदा छेउछाउका घरहरू हिलाम्मे भएका थिए । अझै ग्यास निस्किरहेकाले घटनास्थल वरपर सुरक्षा दिएर मानिसहरूलाई त्यस क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया