मन्त्री पदबाट हट्दा पनि हाँसेरै जान्छु : मेटमणि चाैधरी

 साउन ३, २०७९ मंगलबार १७:१९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गर्नुभएको छ । आज मङ्गलवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्योभन्दा अझ बढी हाँसेर जाने बताउनुभएको हो । 

बैठकमा सांसदहरूले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाइ हुँदा रोएकोतर्फ सङ्केत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिनुभएको थियो । त्यसको जवाफ दिने क्रममा उहाँले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताउनुभयो । 

मन्त्री चौधरीले मन्त्रीको रूपमा आफू सधैँ नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरूले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो, ‘माननीयज्यूहरूले शुभकामना दिने बेलामा धेरै महत्त्वपूर्ण सुझावहरू दिनुभएको छ । आउँदा खुसी भएर आउने, जाने बेला रुने भनेर पनि भन्नुभएको छ । म मन्त्री सधैँभरि रही रहदिनँ । म आउँदा जति हाँसेकाे छु जाँदा त्याेभन्दा बढी हाँसेर जान्छु ।’

मन्त्री चौधरीले सरकारले एक हप्ताभित्र ‘सहरी विकाससम्बन्धी नीति’ सार्वजनिक गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । विगत १५ वर्षदेखि ल्याउने भनिएको त्याे नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अब सार्वजनिक गर्ने उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया