प्रचण्ड गर्मीका कारण बेलायतमा रेल सेवा अवरुद्ध

 साउन ४, २०७९ बुधबार १७:४३:४० | एजेन्सी
unn.prixa.net

तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधवार तेस्रो दिन पनि रेल सेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केहीबेरको वर्षाले शीतल गरायो । 

जङ्गलमा आगालागीका सम्भावित घटनालाई दृष्टिगत गरी तैनाथ रहेका अग्नि नियन्त्रकले राहत महसुस गरे पनि लन्डन–एडिनबरा रेलमार्गका सूचना सङ्केतलगायत संरचना गर्मीका कारण बिग्रँदा रेलका कर्मचारी भने तिनको मर्मतमा व्यस्त रहनुपरेको छ । 

मङ्गलवार भने उनीहरू दोस्रो विश्व युद्धपछि पहिलो पटक अति व्यस्त भएका थिए विभिन्न ठाउँमा लागेको आगो निभाउन । आगोले लन्डनका ४१ वटा सम्पदा ध्वस्त पारेका मेयर सादिक खानले बताएका छन् । वायुमण्डलमा धुँवाको बादल फाटेको छैन । बेलायतमा मात्र नभइ युरापेली देश फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसमा पनि प्रचण्ड गर्मी भइरहेको छ । बेलायतसहित ती देशको मङ्गलवारको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया