संसदीय छानबिन समितिले बिहीवार जनार्दन शर्मासँग छलफल गर्ने

 साउन ४, २०७९ बुधबार १९:१०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – संसदीय छानबिन विशेष समितिले भाेलि बिहीवार निर्वतमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । 

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको आज बुधवार बसेको बैठकले सोधपुछका लागि उहाँलाई बोलाउने भएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको बताउनुभयो । 

सचिव अर्यालले छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल भएको बताउनुभयो । उहाँले समितिको म्याद थप गर्ने विषयमा छलफल भए पनि दिन किटान नगरिएको बताउनुभयो । समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिए पनि सात दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने सङ्केत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय अब दुई दिन मात्रै बाँकी रहेको छ । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया