महाभारत जंगलको डढेलो निभाउन हेलिकाेप्टर परिचालन

 माघ ११, २०८१ शुक्रबार १४:३६:४९ | रासस
unn.prixa.net

काभ्रे – सरकारले काभ्रेको महाभारत जंगलमा लागेको डढेलो निभाउका लागि हेलिकोप्टर परिचालन गरेको छ ।

गएको मंगलवार दिउँसोदेखि शुरू भएको आगो निभाउन गरेका प्रयासहरू असफल भएपछि आजदेखि हेलिकोप्टरबाट पानी खन्याउने काम भइरहेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिनुभयो । बेथानचोकको वडा नम्बर २ मा पर्ने गुवाभञ्ज्याङमा रहेको पार्कमा बनाइएको पाखेरीबाट पानी लगेर हेलिकोप्टरले आगलागी भएको ठाउँमा खन्याएको छ ।

डढेलो लागिरहेको जंगल खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्छ । वन्यजन्तु र जडीबुटीका लागि प्रख्यात मानिने महाभारत जंगलको १ सय हेक्टरभन्दा धेरै भू–भागमा डढेलो लागिसकेको छ । अहिले डढेलोलाई मानव बस्तीमा जान नदिन प्रयास भइरहेको र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्ने काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले पर्यटकलाई डढेलो पुग्न सक्ने सम्भावित क्षेत्रहरूमा जान रोक लगाएको छ ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया