काठमाण्डौमा थप तीन जनामा हैजा पुष्टि : एक महिनामा ३४ जना बिरामी

 साउन ५, २०७९ बिहिबार ७:३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा थप तीन जनामा हैजा पुष्टि भएको छ । थपिएकासँगै एक महिनामा हैजा पुष्टि हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुको उपचार भइरहेको छ । हैजा सङ्क्रमण भएकामध्ये २० जना पुरुष र १४ जना महिला रहेका छन् ।  

हैजा पुष्टि हुनेमा सबैभन्दा धेरै १५ वर्षदेखि २४ वर्ष उमेर समूहका  छन् । यो उमेर समूहका १० जनामा हैजा पुष्टि भएको छ ।

गएको असार दुई गते पहिलो पटक काठमाण्डौमा हैजा पुष्टि भएको थियो । घर र कार्यस्थलमा भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएकाे थियो ।

भिब्रियो काेलेरा नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण गरेर हैजा लाग्ने डाक्टरको भनाइ छ । पानी उमालेर पिउने, बासी फोहर पानी खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिसा पिसाब गरेपछि राम्रोसँग मिचिमिची साबुनपानीले हातखुट्टा धुने, जथाभाबी नछुने गर्दा हैजा लाग्नबाट बच्न सकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया